मिठो साहित्य एक डिजिटल साहित्यिक ब्लग हो ।यसमा मैले सृजना गरेका कथा, कविता, मुक्तक , गजल तथा अन्य विविध रचनाहरू समावेश गरिनेछ । अश्लील, उच्छृंखल तथा साम्प्रदायिक सद्भावमा असर पुर्याउने रचना लेख्ने वा प्रकाशन गरिने छैन । कुनै आर्थिक उपार्जन भन्दा पनि नेपाली भाषासाहित्यको सेवा गर्ने मौकाको रूपमा मैले लिएको छु । झण्डै दुई दशक भन्दा बढि बिदेश बसाईको अन्तरालमा भोगेका, देखेका, जानेका र बुझेका खजना नै सृजनाका मुख्य खुराक हुनेछन भने पत्र पत्रीका तथा सामाजिक संजालमा प्रकाशित मेरा रचनाहरूको संग्रह पनि गरिनेछ । रचनामा कठिन र जटिल शब्दहरूलाई कम प्रयोग गरी सरल, मीठो र साधारण बोलचालको भाषामा लेख्ने प्रयत्न गर्नेछु ।साहित्य प्रेमी अग्रजहरूको राय सुझाव आत्मसात गर्दै पाठकको स्वाद अनुसारको परिकार पस्कन सकेसम्म प्रयासरत हुनेछु ।
दिनेश पोखरेल