“ मदर्स डे “ छोटोमिठो कथा

( बाल मनोविज्ञानमा आधारित ) वैशाख कृष्ण पक्षको औंसी,आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औंसीको दिन थियो ।कक्षा सातका विद्यार्थीहरुले मातृ दिवसको उपलक्ष्यमा आ-आफनो आमालाई उपहार दिन राम्रा लोभ्याउने चित्र कोर्दै रमाउँदै थिए | आफ्नो रुची, ढंग तथा दक्ष अनुसारका चित्र कोर्न तल्लीन देखिन्थे। बिभिन्न रंगहरू संयोजन गरेर ‘ हयाप्पी मदर्स डे ‘ लेख्थे […]

“ प्रिय ! उतै अधिक रमाउँला “ कविता

प्रिय ! धेरै भो अटेर गरेको सपनाको पर्खालले बिपना छेकेको बेस होइन यो, दिमागमा ‘रतन्धो ’ बढेको माया ममता छातीमा धेरै थुप्री सके , बाबु आमा आफन्त धेरै कुप्री सके , सुनसान कोठामा ओईली सके खस्नलाई, त्यसैले ,याद धेरै उम्ली रहन्छन छातीभित्र तातो दिमागले वाफ झै चिन्ता उडाई रहन्छ धेरै भो ! अनि अति भो […]

गजल

अपिल गरूँ कि खारेज गरूँ जित्ने केआधार छ प्रेयसी थिईन उनी हिजो , आज कुरो दोधार छ मेटिए सबै प्रमाण, भाग्यमा देखिने दरार छ लेख्दै पुछ्दै छोडिएको ,मेरो टाटे निधार छ छटपटियो आत्मा सधै, मुटुमाथि प्रहार छ छट्ट मर्न नसकिने ,तिम्रो औजार बेधार छ दियौ घातक पीडाहरु , अदृश्य अपराध छ माया रेट्ने मान्छेहरूको , […]

“ आवरण “ कविता

दुधे बालक सरह एक धिपधिपे टुकी निष्प्रभ सन्नाटा मेरो कोठा किनार हावाको काखमा स्तनपान गर्छे, अनि उधारो छर्छे केहि प्रकाश मलाई देखाउन, अनि म खिस्स हाँस्छु मेरो थेत्तरो दाँत टल्किन्छ उजालोमा अनि अन्तस्तलमा ठोकिन्छ एउटा कुरा : म देखिएको छु किनकी मेरो आवरण टल्केको छ र म खुसी छु ( क ) झ्यालबाट छिरेको एकमुस्ट […]

ऐना – ( मन छुने लघु कथा )

“ भन्नु त बुढा ,म कस्ती देखिएकी छु ?” डा. शर्माको श्रीमतीले आज पनि सोधीहालिन् | यो त उनको दैनिकी नै थियो | दिनभर ऐना अगाडि उभिने ,सिँगारपटार गर्ने ,थरी थरीको सारी चोली फेर्दै सेल्फी खिच्ने, फेसबुक, इन्स्टाग्राममा पोस्ट गर्ने अनि श्रीमानलाई बेलुका सोध्ने -म कस्ती देखिएकी छु ,बुढा । “ राम्री देखिएकी छौ “ […]

“अरुणिमा” कविता

प्राची क्षितिजमा उद्दीप्त अरूणिमा रत्न झै टहकिन्छ अमृत -आलोक जलथल सारा जगतमा छम्किन्छ रत्नाकर मयूर रूप अन्तस्करणमा जब झल्किन्छ पुलकित तन शुभेच्छा बाँडदै सूर्यमूखी झै फक्रिन्छ नव प्रभा उत्तर गिरिमा मधुर चुम्बन जब टक्राउँछ हिमवस्त्र द्रवित हुँदा, मनै आनन्दले मोहित बनाउँछ जीवन नै हो सगर, मेघ गर्जनले क्षण मै नभ भर्दछ बिजुली झै चम्किन्छ खुशी,सिपालुले […]

“ एकान्त “ कविता

न बस्ती उठ्छ यहाँ न बस्ती सुत्छ न होहल्ला धूम छ न कतै मस्ती छ यहाँ त बस् मन र तनको जोडदार मेल छ अद्भुत अनुभूति सामेल छ चिरशान्ति छ , न मनमा ठेलमठेल छ मन्द पवनको कोमल स्पर्श छ बहकिने सुस्केराको माधुर्य छन्द छ रोमान्चित शरीर, परमानन्द भाव आनन्द,उन्माद खुब बुलन्द छ न हुँकार […]

“ ऊ : किन बरबाद होस् “ कविता

सूर्य ढलेको देख्यो, चन्द्र फुटेको देख्यो धरती डढेको देख्यो, कालो तारा देख्यो बादल ओढेर पनि सुत्यो देख्ने नदेख्ने सबै देख्यो ,हेर्ने नहेर्ने सबै हेर्यो सोच्ने नसोच्ने सबै सोच्यो,बोल्ने नबोल्ने सबै बोल्यो गर्ने नगर्ने सबै गर्यो बोतलभित्र डुबेर रातदिन चौबिसै घण्टा घुमी रहयो डुली रहयो उडी रहयो पौडी रहयो रक्सीमाथि रंगिन माछा झै मान्छेले ‘एक्वैरियम ’ […]

भुल “ कथा

घरको ढोका बन्द गरेर दुई पाइला मात्र के हिँडेकी थिईन् नयनालाई झट्ट याद आयो उनले भान्सामा चिया बसाएकी थिइन् | हत्त न पत्त ढोका खोली भान्साको ग्यास -चुलो बन्द गरिन् । दुई घुट्की चिया निली सक्न नपाउँदै आश्रम तिर दौडी हालिन् । बिहान देखि नै मौसम राम्रो थिएन , धुम्मिएर कालो बादल लागी सकेको थियो […]