अपिल गरूँ कि खारेज गरूँ जित्ने केआधार छ
प्रेयसी थिईन उनी हिजो , आज कुरो दोधार छ
मेटिए सबै प्रमाण, भाग्यमा देखिने दरार छ
लेख्दै पुछ्दै छोडिएको ,मेरो टाटे निधार छ
छटपटियो आत्मा सधै, मुटुमाथि प्रहार छ
छट्ट मर्न नसकिने ,तिम्रो औजार बेधार छ
दियौ घातक पीडाहरु , अदृश्य अपराध छ
माया रेट्ने मान्छेहरूको , कसुर निराधार छ
( —— दिनेश पोखरेल )