“ एकान्त “ कविता

न बस्ती उठ्छ यहाँ न बस्ती सुत्छ

न होहल्ला धूम छ न कतै मस्ती छ

यहाँ त बस्

मन र तनको जोडदार मेल छ

अद्भुत अनुभूति सामेल छ

चिरशान्ति छ , न मनमा ठेलमठेल छ

मन्द पवनको कोमल स्पर्श छ

बहकिने सुस्केराको माधुर्य छन्द छ

रोमान्चित शरीर, परमानन्द भाव

आनन्द,उन्माद खुब बुलन्द छ

न हुँकार , न हाँक, न विकार छ

स्वच्छ निर्मल आकाश निराकार छ

पर पर सुनिने पन्छीका मलिन कुहुकुहु

शाश्वत आनन्दित हृतस्पर्शी प्रकार छ

तनाव परेसानी द्वन्दवाट मुक्त छ

बाधाबन्धन,अडचनबाट उन्मुक्त छ

सांसारिक आनन्द सब एक स्थलमा पस्कने

प्रिय एकान्त, मनोहर गुणयुक्त छ

न डकार, न खकार छ न कुनै चित्कार छ

न खित्का, न हिक्का छ न कुनै झन्कार छ

विशद हिमालयको काख छ

उदार टाकुराको हात छ

घना आरण्यको जटा गुँथेकी

लमतन्न मोहिनी सलील झिल छ

तनमन,आत्मा प्रकृतिमा पूर्ण सम्मोहित छ

( —- दिनेश पोखरेल )