“अरुणिमा” कविता

प्राची क्षितिजमा उद्दीप्त अरूणिमा रत्न झै टहकिन्छ

अमृत -आलोक जलथल सारा जगतमा छम्किन्छ

रत्नाकर मयूर रूप अन्तस्करणमा जब झल्किन्छ

पुलकित तन शुभेच्छा बाँडदै सूर्यमूखी झै फक्रिन्छ

नव प्रभा उत्तर गिरिमा मधुर चुम्बन जब टक्राउँछ

हिमवस्त्र द्रवित हुँदा, मनै आनन्दले मोहित बनाउँछ

जीवन नै हो सगर, मेघ गर्जनले क्षण मै नभ भर्दछ

बिजुली झै चम्किन्छ खुशी,सिपालुले च्याप्प समाउँछ

संकट, काल,कष्ट रक्लिष्ट, झरनाले कहाँ बताउँछ

बज्रिन्छ शिलामाथि निडर बरू द्रव खुशीले सुसाउँछ

सुवासले प्रमत्त वायु सारा उध्धानमा नसा झै महकिन्छ

मधु मखी भँवरा जन्तु सब हर्षको उन्मादले बहकिन्छ

( ——-दिनेश पोखरेल )